Sathee Network (साथी नेटवर्क)

SAMVAD Adolescents Team For Hope,Equity & Empowerment

  • Home
  • Business
    • Internet
    • Market
    • Stock
  • Parent Category
    • Child Category 1
      • Sub Child Category 1
      • Sub Child Category 2
      • Sub Child Category 3
    • Child Category 2
    • Child Category 3
    • Child Category 4
  • Featured
  • Health
    • Childcare
    • Doctors
  • Home
  • Business
    • Internet
    • Market
    • Stock
  • Downloads
    • Dvd
    • Games
    • Software
      • Office
  • Parent Category
    • Child Category 1
      • Sub Child Category 1
      • Sub Child Category 2
      • Sub Child Category 3
    • Child Category 2
    • Child Category 3
    • Child Category 4
  • Featured
  • Health
    • Childcare
    • Doctors
  • Uncategorized

Tuesday, May 10, 2016

दुई सय २० जना विद्यार्थीलाई शैक्षिक सामग्री प्रदान

 Unknown     5:30 PM     No comments   

बैशाख २७, बुटवल । शैक्षिक सामग्रीको अभावमा शिक्षा बाट विद्यार्थीहरु बञ्चित हुन नपरोस भन्ने हेतुले रुपन्देहीका विपन्न २ सय २० जना विद्यार्थीहरुलाई शैक्षिक सामग्री प्रदान गरिएको छ ।
bag
सुनगाभा सामुदायिक विकास केन्द्र रुद्रपुर रुपन्देहीको आयोजना र जिल्ला शिक्षा कार्यालय रुपन्देहीको संमन्वयमा रुद्रपुरमा एक कार्यक्रमको आयोजना गरि उक्त शैक्षिक सामग्री प्रदान गरिएको हो । सुनगाभा सामुदायिक विकास केन्द्रका अध्यक्ष प्रेम बहादुर वि.कको अध्यक्षतामा भएको शैक्षिक सामग्री वितरण कार्यक्रममा जिल्ला शिक्षा कार्यालय रुपन्देहीका प्रमुख टेक बहादुरा थापाको प्रमुख आतिथ्यता रहेको थियो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि थापाले विद्यालय सेवा क्षेत्रभित्र नरहेका वालावालिकाहरुलाई विद्यालय सेवा क्षेत्र भित्र ल्याउनको लागि यस्तो प्रकृतिको कार्यक्रम आयोजना हुनु राम्रो विषय भएको बताएका थिए ।उनले भने–‘शिक्षालिनबाट जो कोही बालबालिका बञ्चित हुनुहुदैन, संविधानमा समेत आधारभुत अधिकारको रुपमा शिक्षा आर्जन गर्न पाउनुपर्ने उल्लेख गरिएको छ, यो अभियानमा सबैको साथ चाहिन्छ, हामी पनि कार्य गर्न तयार छौं ।’
कार्यक्रममा केन्द्रकी उपाध्यक्ष ज्ञानुमाया बेल्बासेले स्वागत मन्तव्य राखेकी थिईन् भने कार्यक्रम संयोजक गोपाल केसीले कार्यक्रम आयोजना गर्नुको उदेश्यमाथी प्रकाश पारेका थिए । उनले गत बर्ष १ सय २० जना विद्यार्थीहरुलाई पुन भर्ना गराउनको लागि विकास केन्द्र सफल भएको भन्दै यस बर्ष २ सय २० जना विपन्न विद्यार्थीहरुलाई झोला, कापी, कलम लगायतका स्टेशनरी समाग्री प्रदान गरिएको जानकारी दिएका थिए ।
कार्यक्रममा रुद्रपुर श्रोत केन्द्रका विद्यालय निरिक्षक हरि बहादुर विष्ट, सुर्यपुरा गाविसका सचिव टुकराज पाण्डे, रुद्रपुरका सचिव कृष्ण प्रसाद पन्थी, साडी गाविसका सचिव टेकराज अर्याल, स्ट्रोम फाउण्डेसनकी अनुगमन अधिकृत विजया गोदार, रुद्रपुर सामुदायिक वन उपभोक्ता समितिकी अध्यक्ष चन्दा थापा लगायतले विद्यार्थीहरुलाई शैक्षिक सामग्री प्रदा गरेका थिए । शैक्षिक समग्री स्टोमा फाउण्डेसन नेपाल र रुद्रपुर सामुदायिक वन उपभोक्ता समिति, युनाईटेड मिसन नेपालको सहयोगमा प्रदान गरिएको हो ।
- See more at: http://sajhasabal.com/rupandehi/news/bag/#sthash.UMCkWmqR.dpuf
Read More
  • Share This:  
  •  Facebook
  •  Twitter
  •  Google+
  •  Stumble
  •  Digg

Saturday, May 7, 2016

संवादले ल्यायो १ घर २ बोरा

 Unknown     10:36 AM     No comments   

राज कुमार क्षेत्री/शनिवार २५ बैसाख

रुद्रपुर | स्ट्रोम फाउण्डेसन नेपालको सहयोग र सुनगाभा सामुदायिक विकास केन्द्रको आयोजनामा संचालित नेपालमा किशोरीहरुको सशक्तिकरण "संवाद परियोजना" अन्तर्गत रुपन्देही जिल्ला गजेडी गा. वि. स. वडा न १ रातो डाडामा अवस्थित मिलिजुली संवाद केन्द्र परिसरको गाउँ यति बेला नमुना गाउ बनाउन जुटेको छ |
किशोरी,संवाद सहयोग समिति,अभिभाबक र गाउँका सबै सदस्यहरु मिलेर आफ्नो गाउँ आफै बनाउ भन्ने धारणा लिएर अघि बढेको कुरा बताउनु हुन्छ संवाद सहयोग समिति अध्यक्ष निर्मला थापा |गा.वि.स.का अन्य वडाहरुमा पनि संचालित भएको संवाद कार्यक्रमले धेरै मात्रामा सरसफाई अभियान गरेता पनि खासै परिवर्तन नआए पछि सामुहिक छलफल पश्चात १ घर २ बोराको धारणा अघि सारिएको कुरा ब्यक्त गर्नु हुन्छ मिलिजुली संवाद केन्द्रकी सहजकर्ता तिर्सना थापा |

गाउँका हरेक घरहरुमा २ वटा बोरा झुण्डाइएको छ | एउटामा कुहिने फोहोर र अर्कोमा नकुहिने फोहोर संकलन गरि सो बोरा भरिए पछि उचित ठाउमा व्यबस्थापन गरिदै आएका छन् | गाउँमा रहेका हरेक घरहरुले अनिवार्य रुपमा बोरा झुन्डाउनु पर्ने,आफ्नो वरिपरिको वातावरण आफै सफा गर्नु पर्ने र यदि अनुगमनको क्रममा कहिँ कतै फोहोर देखिए ५०० देखि १००० सम्म दण्ड जरिवाना गर्न पछि नपर्ने कुरा किशोरीहरुले बताउनु भयो |त्यसै गरि ग.वि.स.का बकुलघाट,दानापुर लगायतका गाउँहरुमा पनि यो अभियान लागु गरिएको छ |



Read More
  • Share This:  
  •  Facebook
  •  Twitter
  •  Google+
  •  Stumble
  •  Digg

Friday, February 12, 2016

दश दिने सहजकर्ता तालिम सम्पन्न - Lumbini Times

 Unknown     4:58 AM     No comments   

दश दिने सहजकर्ता तालिम सम्पन्न - Lumbini Times
Read More
  • Share This:  
  •  Facebook
  •  Twitter
  •  Google+
  •  Stumble
  •  Digg

Thursday, December 31, 2015

किशोरी र महिलाहरु आयआर्जनमा सक्रिय

 Unknown     8:05 AM     No comments   

बुटवल, १५ पुस । सुनगाभा सामुदायिक विकास केन्द्र रुद्रपुर रुपन्देहीले समुदायमा संचालन गरेको सम्वाद र सिड्स परियोजना अन्र्तगतका कार्यक्रमले किशोरी र महिलाहरुलाई आयआर्जनमा सक्रिय बनाएको पाइएको छ । सुनागाभाको सम्वाद परियोजनामा आवद्ध ३ सय ४७ जना किशोर किशोरी तथा सिड्समा आवद्ध १ सय ४६ जना महिलाहरु ब्यवसाय संचालन गरेर आयआर्जमा सक्रिय भएका हुन् । सुनगाभाले रुद्रपुरमा सामाजिक परीक्षण कार्यक्रम गरेर आर्थिक वर्ष २०७१÷७२ का गतिविधिका बारेमा जानकारी गराउँदै किशोरी र महिलाहरुका आर्थिक अवस्थामा सुधार आएको बताएको हो । सुनगााका कार्यक्रम संयोजक गोपाल केसिले केन्द्रले युएमएन र स्ट्रोम फाउण्डेशन लगायतका संस्थाको साझेदारीमा सिड्स, सम्वाद रेक्टोफिटिङ्ग, शिक्षा, मानब बेचविखन विरुद्ध अभियान तथा एचआईभी एड्सको क्षेत्रमा काम गर्दै आएको बताउनुभयो । उहाँले उक्त कार्यक्रम समुदायमा संचालन भएयता किशोर किशोरीका अधिकारका बारेमा सचेतना, बाल अधिकार, महिला स्वाभलम्बन समुह गठन, बालविवाहमा कमि, बालमैत्री विद्यालय, छात्रामैत्री विद्यालय लगायत गतिविधिमा परिवर्तन आएको सुनाउनुभयो । सुनगाभाले रुपन्देहीका रुद्रपुर, जोगडा, साँडी, सुर्यपुरा, धमौली लगायतका गाविसहरुमा कार्यक्रम गर्दै आएको उहाँले बताउनुभयो । सुनगाभाका अध्यक्ष तारा काउचाको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला विकास समिति रुपन्देहीका सामाजिक विकास अधिकृत दुर्गा श्रेष्ठ, रुद्रपुर गाविस सचिव कृष्णप्रसाद पन्थी, साँडी गाविसका सचिव टेकराज अर्याल, स्ट्रोम फाउण्डेशनका अनुगमन अधिकृत रामनाथ वोझा, युएमएनका बरिष्ठ स्वास्थ्य अधिकृत सुनिलकुमार गौतम लगायतले बोल्दै सुनगााले समुदायमा गरेका कार्यक्रम सामुदायिक विकासमुखि भएको उल्लेख गर्दै कार्यक्रमको निरन्तरताको कामना गर्नु भयो । कार्यक्रमको सहजिकरण पत्रकार ईन्दिरा अर्यालले गर्नु भएको थियो ।

Read More
  • Share This:  
  •  Facebook
  •  Twitter
  •  Google+
  •  Stumble
  •  Digg

Thursday, November 5, 2015

बुवाको लत छुटाउन सफल बनिन अमृता

 Unknown     10:59 PM     No comments   

रुपन्देही जिल्ला साडी गा.वि.स .वार्ड न. २ असिधवामा बुवा हृदयराम लोनिया र आमा सामान्ती लोनियाको  छोरी हुन् १७ वर्षीय किशोरी अमृता लोनिया lअमृता लोनियाको जन्म आर्थिक,सामाजिक र शैक्षिक स्तरमा मध्यम खालको परिवारमा भएको थियो l उनका ५ दिदि बहिनि र १ दाजु छन् l जसमा ९ कक्षा सम्म पढेकी छन् अमृताले l

अमृतको घरको आर्थिक अवस्था कमजोर भएकोले पढ्ने रहर हुदा हुदै आधारभूत तह सम्म पनि पुरा गर्न नपाई विद्यालय छोडेकी थिईन l आफ्नै घरको दाजु र बुवासंग समेत खुलेर बोल्ने आँट थिएन अमृता संग l उनको बुवा दैनिक ३ देखि ४ प्याकेट सम्म चुरोट पिउने गर्नुहुन्थ्यो l घरको आर्थिक अवस्था कमजोर त्यस माथि बुवाको चुरोट पिउने बानीले घर व्यवहार संचालन गर्न कठिन साथै वुवाको पनि शारीरिक अवस्थामा समेत समस्या भएको थियो l यी सब घटना नियालेर बस्नु वाहेकको विकल्प थिएन अमृतासंग l

यसै क्रममा स्ट्रोम फाउण्डेसन नेपालको सहयोग र सुनगाभा सामुदायिक विकास केन्द्रको आयोजनामा संचालित नेपालमा दलित युवाहरुको लागि अधिकारमुखी शिक्षा संवाद परियोजना उक्त ठाउँमा संचालन भयो र सोहि कार्यक्रम अन्तर्गत एकजुट किशोरी संवाद केन्द्रको किशोरी बनिन अमृता l

संवाद केन्द्रमा छलफल हुने जीवन उपयोगी सीपको माध्यमबाट  अमृताले  आफ्नो जीवनलाई नजिकबाट नियाल्ने मौका पाईन l संवादका हरेक छलफलले अमृतमा नयाँ जोश चलेको थियो l त्यस माथि लागु पदार्थको छलफलले वुवाको चुरोट पिउने लत छुटाउन तर्फ अमृताको ध्यान तानियो र विस्तारै आफ्नो वुवा,दाजु लगाएत गाउँ घरका व्यक्तिहरु संग समेत खुलेर बोल्न थालिन l वुवालाई चुरोट खाँदाको बेफाइदा,त्यसका असर बताउन थालिन l वुवालाइ  महसुस गराए पछी बर्षौ देखिको लत छुटाउन सफल बनिन अमृता l साथै आज भोलि उनि सिलाई कटाई तालिम लिन जान्छिन l त्यस बाट पछी व्यवसाय गरेर धेरै पैसा कमाउने उनको योजना छ l र उनि संवादको नमुना किशोरी बन्न सफल भएकी छिन l गाउँ घरमा रहेका स-साना भाई बहिनीहरुलाई स्वास्थ्य,सरसफाई र शिक्षाको बारेमा सिकाउदै हिड्ने गर्छिन र आफुमा आएको परिवर्तन अरुलाई बताउदै भन्छिन "हामी जे गर्छौ मनबाट गरौ सफल भईन्छ l "



संकलक -इन्दु परियार
क्षमता अभिवृदी तथा अनुगमन सहजकर्ता
Read More
  • Share This:  
  •  Facebook
  •  Twitter
  •  Google+
  •  Stumble
  •  Digg

Monday, October 12, 2015

‘१५ बर्षको उमेरमा ८ महिनाको छोरा’

 Unknown     6:22 PM     No comments   

‘१५ बर्षको उमेरमा ८ महिनाको छोरा’

रुपन्देही, (सुर्यपुरा) साउन १२ ।
बालविबाहको परिणाम
बालविवहा विरुद्ध संवाद केन्द्र मार्फत सचेतना
दिउँसोको १२ बजेको छ । चर्को घामले सवैलाई असिना, पसिना बनाइरहेको छ । उपस्थित सवै आफु सँग जे हातमा छ, त्यसैले पसिना पुछिरहेका छन् । “अब यहाँबाट लागौं, ल भन त” सहभागि एक व्यक्तिले  उपस्थित भएका सवैलाई भने । उनको प्रश्न तेर्सिन नपाउँदै सवैले एउटै आवजमा भने–“अभिभावकको कर्तव्य, बाल विवाहको अन्त्य”
माथी उल्लेखित दृश्य संवाद कुनै चलचित्रको पट कथा तथा संवाद थिएन, यो दृश्य र संवाद थियो, रुपन्देहीको सुर्यपुरा गाविसमा आयोजिक बालविवहा विरुद्धको एक कार्यक्रममा ।
रुपन्देहीको दक्षिणी क्षेत्रमा बालविवहाको अवस्था अत्यन्तै गम्भिर छ । दक्षिणमा जस्तै  सुर्यपुरा गाविसमा पनि बालविवहाको अवस्था अत्यन्तै जटिल रहेको बताईन्छ ।
यहि बालविवाहको रोकथामका लागि मंगलबार बृहत्त ¥यालीको आयोजना गर्दै बालविवहा प्रति सचेतना जगाईको  मात्र छैन, गाविस तथा स्वास्थ्य चौकीमा प्रतिबद्धता समेत जायर गराइएको छ । ¥यालीमा सहभागि किशोर किशोरीहरुले केही आफ्नो प्रचलन त केहीले अन्धविश्वासका कारण सानै उमेरमा विवहा गराईदिने गरेको समेत बताए ।
स्ट्रोमा फाउण्डेशन नेपालको सहयोगमा सुनगाभा सामुदायिक विकास केन्द्रको आयोजनामा सोमबार मात्र  बाल विवहा विरुद्धको साईकल ¥याली सम्पन्न भयो ।
¥यालीमा सहभागिहरुले “अभिभावकको कर्तव्य, बाल विवहाको अन्त्य, बाल विवाहको निदान, असल परिबारको शान, संवाको ईच्छा, किसोरीहरुलाई विबहा हैन शिक्षा” “बालविवहाके सादी, जीवनके बरबादी” लगाएत नारा लगाउँदै बाल विवहा विरुद्ध सचेतना जगाएका थिए ।
बालविवहाको शिकार भएकाहरु पनि आफु जस्तै अरुले बालविवाह नगर्न आग्रह गर्दै ¥यालीमा समेत उपस्थित भएका थिए ।
यहि सचेतना अभियानमा सचेतना जगाउँदै थिईन १३ बर्षको उमेरमा विवहा गरेकी रिता कुर्मी । सिउँदोमा रातो सिन्दुर र हातमा हरिया चुरा गलाएकी रिताले परम्परागत चलन अनुसार आमा बावुले ३ बर्ष पहिले आफ्नो विवहा गरिदिएको बताईन । १५ बर्षिय रिता बाजे आमा बुवाले विवहा गरेको बताईन । उनले अहिले माईतमै बसेको बताउँदै उनले अबको दुई बर्षमा घर जाने बताईन । उनले छिटो विवहा गर्दा पढ्न नपाईन, घरको बढि काम गर्ने र साथीहरु सँग घुलमिल गर्न नपाईने भएकाले अरुलाई सानो उमेरमा विवहा नगर्न प्रेरित गरिन ।
यस्तै अर्की बालविवहा गरेकी मंगला थारु पनि बालविवहाको सचेतना जगाउँने अभियानमा लागेकी छिन् । सुर्यपुरा ७ मा घर भएकी मंगला १७ बर्षको उमेरमा विवहा भएको बताईन । उनले अहिले ८ महिनाको बच्चा समेत भएको बताईन । सानो उमेरमा विवहा गरेर पठाउँदा ठुलो मुक्ति पाउने अन्धविश्वास रहेकाले आफु पनि त्यसको सिकार भएको उनले बताईन । सानो उमेरमा विवहा गर्दा पढ्न, लेख्न केही नपाईने उनले बताईन । बालविवहाको रोक्नका लागि सवैक्षेत्रमा सचेतना जगाउनुपर्ने उनले बताईन ।
केन्द्रले यो अभियानलाई रोक्नका लागि गाविसहरुमा विभिन्न संवाद केन्द्र सञ्चालन गरी अनपढ किसोरीहरुलाई विद्यालय सम्म जान प्रेरित गर्ने र बालविवहाबाट सचेत गराउने काम गर्दै आईरहेको छ ।
”अझै पनि गरिवी र अशिक्षाको  कारण यस क्षेत्रमा बालविवहा बढि नै हुने गरेको छ” सुनगाभा सामुदाियक विकास केन्द्रका कार्यक्रम संयोजक गोपाल के.सीले भने । उनले स्थानिय स्तरमा संवाद केन्द्र गठन गरेपछि किशोर किशोरीमा निकै सचेतना आएको बताए । बालविवहा रोक्नका लागि आफ्नो संस्थाले प्रहरी, नागरिक समाज, गाविस, स्वास्थ्य चौकी सवै सँग मिलेर काम गरेको उनको भनाई छ ।
अहिले संस्थाले रुद्रपुर, साँडी, जोगडा, सुर्यपुरा, धमौली र लुम्बिनी साँस्कृतिक नगरपालिकाको खुदाबगरमा संवाद केन्द्र स्थापना गरी यस्तै सचेतनाको कार्यक्रम गर्दै आईरहेको छ । यस्ता संवाद केन्द्र मार्फत सचेतना जगाउँदा यस बर्ष मात्र साँडी, जोगडा र सुर्यपुरा बाट ५४ जना विद्यालय गइसकेको कार्यक्रम संयोजक गोपाल के.सी बताउँछन् ।
यता सुर्यपुरा गाविसका  गाविस सचिव टुकराज पाण्डेले सुर्यपुरामा बालविवहाको अवस्था अत्यन्तै दुःखदायी भएको बताए । परम्परागत बसोबास र मदेशी समुदायको बाक्लो बसोबासले गर्दा बालविवहाको अवसथा अत्यन्तै दुःखदायी भएको बताए ।
गाविसमा विवहा दर्ताका लागि आउने अधिकांश बालविवहानै गरेका आउने बताए । उनले सानो उमेरमा विवहा गर्ने र बच्चा जन्माउने तर विवहा दर्ता पछि बनाउँदा विहे पहिलेनै बच्चा जन्मिएको देखिनै समेत गरेको उनले अनुभव सुनाए । उनले १५ बर्ष मुनिको बालविवहा आफुहरुले दर्ता नगरेको समेत बताए । सानो उमेरमा विवहा गरिदिदा बोझबाट उम्कने मानसिकताका कारण पनि सुर्यपुरामा बालविवहा बढि रहेको उनको भनाई छ । “सानोमा विवहा गरिदिने, ठुलो भएपछि मन नपराउने यस्ता घटनाहरु पनि गाविसमा कयौ आएका छन्” गाविस सचिव पाण्डेले भने ।
सुर्यपुरा ३ डाँडा चौरका स्थानिय तथा समाजसेवी रिखिराम भट्टराईले पहिलेको तुलानामा बालविवहामा केही मात्रामा भने कमी आएको बताए ।  उनले पहिले चेतनाको कमीले हुने गरेको भएपनि अहिले सवैमा चेतना आएका कारण बालविवहामा कमी आएको बताए । आफै सचेत भएकाले नै बालविवहामा कमी आएको उनको भनाई छ ।
सानो उमेरमा विवहा गर्दा  स्वास्थ्यमा समेत असर गर्ने भएकाले बालविवहा गर्न नहुने उनको आग्रह छ ।
कार्यक्रममा गाविस सचिव टुकराज पाण्डेले बालविवहा रोक्नका लागि आफुले सहयोग गर्ने प्रतिबद्धता जनाए । सानो उमेरमा विवहा गर्दा जीवननै बर्वाद हुने भन्दै बालविवहा विरुद्ध सवैले आवाज उठाउनुपर्ने बताए । यस्तै सुर्यपुरा हेपो इृन्चार्ज नन्दराम पौडेलले पनि बाल विवाहा नियन्त्रणका लागि आफ्नो तर्फबाट प्रतिबद्धता जनाएका थिए । सोही अवसमा दिव्य ज्योति संवाद केन्द्रकी सुमन केवट, अनमोल संवाद केन्द्रकी ज्ञानमती कुर्मीले संवाद केन्द्र मार्फत आफुहरुमा धेरै परिर्वतन आएको बताएका थिए ।
सोही अवसमार बोल्दै पत्रकार अमृता अनमोलले बालविवहाका कारण छिटो आमा बन्नुपर्ने र सानो उमेरमा आमा बन्दा स्वास्थ्यमा समस्या आउने भन्दै बालविवहा गर्न नहुने सुझाव दिईन । कार्यक्रम सुनगाभा सामुदायिक विकास केन्द्रका कार्यक्रम संयोजक गोपाल के.सीको अध्यक्षता तथा केन्द्रकै राजकुमार क्षेत्रीको स्वागतमा सम्पन्न भएको  थियो ।
SAM_0735SAM_0740SAM_0741SAM_0743
Read More
  • Share This:  
  •  Facebook
  •  Twitter
  •  Google+
  •  Stumble
  •  Digg

Saturday, October 10, 2015

बालविवाहविरुद्ध बालिका अभियान

 Unknown     7:35 PM     No comments   

बालविवाहविरुद्ध बालिका अभियान

0SHARES
Shareon facebookShareon twitter
बालविवाहविरुद्ध बालिका अभियान
श्रावण ११, २०७२-हिंसा बढेको भन्दै रुपन्देहीको सूर्यपुराका बालिकाहरूले बालविवाहविरुद्ध अभियान थालेका छन् ।
बालविवाहबाट प्रताडित बालिकाहरूकै पहलमा अभियान थालिएको हो । उनीहरूले सोमबार सूर्यपुरामा बृहत् साइकल र्यालीको आयोजना गरे । बालविवाहका कारण हुने समस्याहरू लेखिएका प्लेकार्डसहित नारा लगाउँदै उनीहरूले गाविस परिक्रमा गरे । गाविस प्रांगणमा पुगेर अभिभावक र गाविसका सरोकारवालालाई बोलाएर बालविवाहका कारण आफूहरूको लेख्ने, पढ्ने, खेल्ने र सिक्ने समय खोसिएको भन्दै त्यसलाई रोक्न आग्रह गरे । परम्पराका नाममा हुने बालविवाहले बालिकालाई निकै दु:ख भएको छ । सिंगो समाजलाई कलंकित बनाएको छ, बालिका ज्ञानमती कुर्मीले भनिन्, अब सानो उमेरमा छोरीहरूको बिहे नगरिदिनुस् ।
अबदेखि १८ वर्ष नपुगी छोरीहरूको बिहे गरिदिए अभिभावकका विरुद्ध प्रहरीमा जाने उनीहरूले चेतावनी दिए । स्थानीय सुस्मा पौडेलले अब प्रहरी गाविस र संघसंस्थासित सहयोग मागेर गाउँमा हुने बालविवाह रोक्ने बताइन् । छोरीको सानैमा बिहे गरे पुण्य कमाइन्छ भन्ने धार्मिक विश्वास र पालनपोषण तथा शिक्षामा खर्च गर्नु नपर्ने व्यावहारिक कारणले सूर्यपुरामा अझै बालविवाह हुने गरेको छ ।
प्रकाशित: श्रावण ११, २०७२
Read More
  • Share This:  
  •  Facebook
  •  Twitter
  •  Google+
  •  Stumble
  •  Digg
Home

Popular Posts

Recent Posts

Unordered List

Pages

  • Home

Text Widget

Blog Archive

  • ▼  2016 (3)
    • ▼  May (2)
      • दुई सय २० जना विद्यार्थीलाई शैक्षिक सामग्री प्रदान
      • संवादले ल्यायो १ घर २ बोरा
    • ►  February (1)
  • ►  2015 (4)
    • ►  December (1)
    • ►  November (1)
    • ►  October (2)

Sample Text

Copyright © Sathee Network (साथी नेटवर्क) | Powered by Blogger
Design by Hardeep Asrani | Blogger Theme by NewBloggerThemes.com | Distributed By Gooyaabi Templates