‘१५ बर्षको उमेरमा ८ महिनाको छोरा’
बालविबाहको परिणाम
बालविवहा विरुद्ध संवाद केन्द्र मार्फत सचेतना
दिउँसोको १२ बजेको छ । चर्को घामले सवैलाई असिना, पसिना बनाइरहेको छ । उपस्थित सवै आफु सँग जे हातमा छ, त्यसैले पसिना पुछिरहेका छन् । “अब यहाँबाट लागौं, ल भन त” सहभागि एक व्यक्तिले उपस्थित भएका सवैलाई भने । उनको प्रश्न तेर्सिन नपाउँदै सवैले एउटै आवजमा भने–“अभिभावकको कर्तव्य, बाल विवाहको अन्त्य”
माथी उल्लेखित दृश्य संवाद कुनै चलचित्रको पट कथा तथा संवाद थिएन, यो दृश्य र संवाद थियो, रुपन्देहीको सुर्यपुरा गाविसमा आयोजिक बालविवहा विरुद्धको एक कार्यक्रममा ।
रुपन्देहीको दक्षिणी क्षेत्रमा बालविवहाको अवस्था अत्यन्तै गम्भिर छ । दक्षिणमा जस्तै सुर्यपुरा गाविसमा पनि बालविवहाको अवस्था अत्यन्तै जटिल रहेको बताईन्छ ।
यहि बालविवाहको रोकथामका लागि मंगलबार बृहत्त ¥यालीको आयोजना गर्दै बालविवहा प्रति सचेतना जगाईको मात्र छैन, गाविस तथा स्वास्थ्य चौकीमा प्रतिबद्धता समेत जायर गराइएको छ । ¥यालीमा सहभागि किशोर किशोरीहरुले केही आफ्नो प्रचलन त केहीले अन्धविश्वासका कारण सानै उमेरमा विवहा गराईदिने गरेको समेत बताए ।
स्ट्रोमा फाउण्डेशन नेपालको सहयोगमा सुनगाभा सामुदायिक विकास केन्द्रको आयोजनामा सोमबार मात्र बाल विवहा विरुद्धको साईकल ¥याली सम्पन्न भयो ।
¥यालीमा सहभागिहरुले “अभिभावकको कर्तव्य, बाल विवहाको अन्त्य, बाल विवाहको निदान, असल परिबारको शान, संवाको ईच्छा, किसोरीहरुलाई विबहा हैन शिक्षा” “बालविवहाके सादी, जीवनके बरबादी” लगाएत नारा लगाउँदै बाल विवहा विरुद्ध सचेतना जगाएका थिए ।
बालविवहाको शिकार भएकाहरु पनि आफु जस्तै अरुले बालविवाह नगर्न आग्रह गर्दै ¥यालीमा समेत उपस्थित भएका थिए ।
यहि सचेतना अभियानमा सचेतना जगाउँदै थिईन १३ बर्षको उमेरमा विवहा गरेकी रिता कुर्मी । सिउँदोमा रातो सिन्दुर र हातमा हरिया चुरा गलाएकी रिताले परम्परागत चलन अनुसार आमा बावुले ३ बर्ष पहिले आफ्नो विवहा गरिदिएको बताईन । १५ बर्षिय रिता बाजे आमा बुवाले विवहा गरेको बताईन । उनले अहिले माईतमै बसेको बताउँदै उनले अबको दुई बर्षमा घर जाने बताईन । उनले छिटो विवहा गर्दा पढ्न नपाईन, घरको बढि काम गर्ने र साथीहरु सँग घुलमिल गर्न नपाईने भएकाले अरुलाई सानो उमेरमा विवहा नगर्न प्रेरित गरिन ।
यस्तै अर्की बालविवहा गरेकी मंगला थारु पनि बालविवहाको सचेतना जगाउँने अभियानमा लागेकी छिन् । सुर्यपुरा ७ मा घर भएकी मंगला १७ बर्षको उमेरमा विवहा भएको बताईन । उनले अहिले ८ महिनाको बच्चा समेत भएको बताईन । सानो उमेरमा विवहा गरेर पठाउँदा ठुलो मुक्ति पाउने अन्धविश्वास रहेकाले आफु पनि त्यसको सिकार भएको उनले बताईन । सानो उमेरमा विवहा गर्दा पढ्न, लेख्न केही नपाईने उनले बताईन । बालविवहाको रोक्नका लागि सवैक्षेत्रमा सचेतना जगाउनुपर्ने उनले बताईन ।
केन्द्रले यो अभियानलाई रोक्नका लागि गाविसहरुमा विभिन्न संवाद केन्द्र सञ्चालन गरी अनपढ किसोरीहरुलाई विद्यालय सम्म जान प्रेरित गर्ने र बालविवहाबाट सचेत गराउने काम गर्दै आईरहेको छ ।
”अझै पनि गरिवी र अशिक्षाको कारण यस क्षेत्रमा बालविवहा बढि नै हुने गरेको छ” सुनगाभा सामुदाियक विकास केन्द्रका कार्यक्रम संयोजक गोपाल के.सीले भने । उनले स्थानिय स्तरमा संवाद केन्द्र गठन गरेपछि किशोर किशोरीमा निकै सचेतना आएको बताए । बालविवहा रोक्नका लागि आफ्नो संस्थाले प्रहरी, नागरिक समाज, गाविस, स्वास्थ्य चौकी सवै सँग मिलेर काम गरेको उनको भनाई छ ।
अहिले संस्थाले रुद्रपुर, साँडी, जोगडा, सुर्यपुरा, धमौली र लुम्बिनी साँस्कृतिक नगरपालिकाको खुदाबगरमा संवाद केन्द्र स्थापना गरी यस्तै सचेतनाको कार्यक्रम गर्दै आईरहेको छ । यस्ता संवाद केन्द्र मार्फत सचेतना जगाउँदा यस बर्ष मात्र साँडी, जोगडा र सुर्यपुरा बाट ५४ जना विद्यालय गइसकेको कार्यक्रम संयोजक गोपाल के.सी बताउँछन् ।
यता सुर्यपुरा गाविसका गाविस सचिव टुकराज पाण्डेले सुर्यपुरामा बालविवहाको अवस्था अत्यन्तै दुःखदायी भएको बताए । परम्परागत बसोबास र मदेशी समुदायको बाक्लो बसोबासले गर्दा बालविवहाको अवसथा अत्यन्तै दुःखदायी भएको बताए ।
गाविसमा विवहा दर्ताका लागि आउने अधिकांश बालविवहानै गरेका आउने बताए । उनले सानो उमेरमा विवहा गर्ने र बच्चा जन्माउने तर विवहा दर्ता पछि बनाउँदा विहे पहिलेनै बच्चा जन्मिएको देखिनै समेत गरेको उनले अनुभव सुनाए । उनले १५ बर्ष मुनिको बालविवहा आफुहरुले दर्ता नगरेको समेत बताए । सानो उमेरमा विवहा गरिदिदा बोझबाट उम्कने मानसिकताका कारण पनि सुर्यपुरामा बालविवहा बढि रहेको उनको भनाई छ । “सानोमा विवहा गरिदिने, ठुलो भएपछि मन नपराउने यस्ता घटनाहरु पनि गाविसमा कयौ आएका छन्” गाविस सचिव पाण्डेले भने ।
सुर्यपुरा ३ डाँडा चौरका स्थानिय तथा समाजसेवी रिखिराम भट्टराईले पहिलेको तुलानामा बालविवहामा केही मात्रामा भने कमी आएको बताए । उनले पहिले चेतनाको कमीले हुने गरेको भएपनि अहिले सवैमा चेतना आएका कारण बालविवहामा कमी आएको बताए । आफै सचेत भएकाले नै बालविवहामा कमी आएको उनको भनाई छ ।
सानो उमेरमा विवहा गर्दा स्वास्थ्यमा समेत असर गर्ने भएकाले बालविवहा गर्न नहुने उनको आग्रह छ ।
कार्यक्रममा गाविस सचिव टुकराज पाण्डेले बालविवहा रोक्नका लागि आफुले सहयोग गर्ने प्रतिबद्धता जनाए । सानो उमेरमा विवहा गर्दा जीवननै बर्वाद हुने भन्दै बालविवहा विरुद्ध सवैले आवाज उठाउनुपर्ने बताए । यस्तै सुर्यपुरा हेपो इृन्चार्ज नन्दराम पौडेलले पनि बाल विवाहा नियन्त्रणका लागि आफ्नो तर्फबाट प्रतिबद्धता जनाएका थिए । सोही अवसमा दिव्य ज्योति संवाद केन्द्रकी सुमन केवट, अनमोल संवाद केन्द्रकी ज्ञानमती कुर्मीले संवाद केन्द्र मार्फत आफुहरुमा धेरै परिर्वतन आएको बताएका थिए ।
सोही अवसमार बोल्दै पत्रकार अमृता अनमोलले बालविवहाका कारण छिटो आमा बन्नुपर्ने र सानो उमेरमा आमा बन्दा स्वास्थ्यमा समस्या आउने भन्दै बालविवहा गर्न नहुने सुझाव दिईन । कार्यक्रम सुनगाभा सामुदायिक विकास केन्द्रका कार्यक्रम संयोजक गोपाल के.सीको अध्यक्षता तथा केन्द्रकै राजकुमार क्षेत्रीको स्वागतमा सम्पन्न भएको थियो ।

0 comments:
Post a Comment